Kakhara सबैको खबर सम्पूर्ण खबर
७ गतेदेखि माओवादी बाँफिकोटको निर्वाचन अभियान सुरु

नेकपा माओवादी केन्द्र बाँफिकोट रुकुम पश्चिमले ७ गतेदेखि चुनावी अभियान सुरु गर्ने भएको छ । आज बसेको गाउँपालिका बैठकले आसन्न स्थानीय तहको निर्वाचनको लागि प्रचार अभियान थाल्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार सहितको प्रचार प्रसार अभियान सुरु गर्ने निर्णय गरेको पार्टी अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

टोल, वस्ति, गाउँ र वडा सम्मका कार्यक्रम तय गरेर जाने गरी निर्णय भएको उहाँले जानकारी दिनुभयो । निर्वाचन परिचालन समितिका प्रमुख महेन्द्र केसी पारसमणिको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो । बैठकले निर्वाचन परिचालन समितिकाका उपसमितिले गर्नुपर्ने बाँकी काम छिटो सक्ने र प्रचारलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । बाँफिकोट गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसीलाई उम्मेदवार बनाउने भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update