कांग्रेसले चौरजहारीमा प्रेम र दिपालाई उठाउने
नेपाली कांग्रेसले चौरजहारी नगरपालिका रुकुम पश्चिमको प्रमुखमा प्रेमबहादुर ओली र उपप्रमुखमा दिपा डाँगी खड्कालाई उम्मेदवार बनाउने भएको छ । नगर कार्य समितिको बैठकले सर्वसम्मत रुपमा ओली र डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको जनाइएको छ ।
यी नाम पार्टीले जिल्लामा सिफारिस गर्ने छ । वडा अध्यक्ष र सदस्य उम्मेदवारको विषयमा छलफल भइरहेको कंग्रेसले जनाएको छ । अरु धेरै जनाको दावी रहेको भएपनि अन्तमा सर्वसम्मत ओली र डाँगीको नाममा सर्वसम्मत भएको हो । ओली पार्टीको नगर सभापति हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९ १८:३३
प्रतिक्रिया दिनुहोस्