रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पर्यटन पुर्वाधार विकास निमार्णमा आर्थिक वर्ष २०७८/०७९ सम्म प्राथमिकताका साथ लगानी गरेको छ । सिस्ने गाउँपालिकाले गाउँपालिका भित्र यो आर्थिक वर्ष ९ वटा पार्क निर्माण गरेको छ । सिस्ने राउण्ड पर्यटन पदमार्ग २५ किलो मिटर पुर्याएको छ ।
यस अघि गाउँपालिकामा १२ किलो मिटर मात्रै सिस्ने राउण्ड पर्यटक पदमार्ग थियो । तेस्तै गुरिल्ला टे«ल मार्ग पनि २ किलो मिटरबाट बढाएर ११ किलो मिटर पुर्याएको गाउँपालिकाले जनाएको छ । यस अघि गाउँपालिकामा ९ किलो मिटर मात्रै गुरिल्ला ट्रेल मार्ग रहेको थियो ।
यो आर्थिक वर्षमा सिस्ने गाउँपालिकाले ४ वटा दह संरक्षण गरेको जनाएको छ । स्थानिय सरकार आउनुअघि कुनै दह संरक्षण हुन नसकेपनि स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि भने ४ वटा दह संरक्षण भएका हुन । पाँच वर्षको अवधिमा सिस्ने गाउँपालिकामा ११ वटा मन्दिर निर्माण र संरक्षण भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।
अध्यक्ष बरालका अनुुुसार बढ्दो सहरिकरणबाट निस्किने फोहोरको उचित व्यवस्थापनको लागि करिव ३६ फिट गहिरो खाडलको निर्माण भएको बताउनुभयो । तेस्तै जटिल प्रकृतिको ढल निकास गर्नको लागि १४ सय मिटरको पाइप लाईन पनि निर्माण गरिएको अध्यक्ष बरालले बताउनुभयो ।