नेपाल निजामती कर्मचारी संगठनको ३२ औँ स्थापना दिवसका अवसरमा जिल्ला अस्पताल रुकुम पश्चिममा उपचाररत विरामीलाई फलफुल वितरण गरिएको छ । संगठनको जिल्ला कार्य समितिले आज अस्पतालमा पुगेर उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरेको हो ।
२० जना विरामीलाई विभिन्न प्रकारका फलफुल वितरण गरिएको नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमले जनाएको छ । फलफुल वितरण कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष खिमप्रकाश शाह, केन्द्रिय अनुशासन आयोग सदस्य प्रकाश खड्का, स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकी, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका निवर्तमान केन्द्रिय सदस्य डेविड रावलको आतिथ्यता रहेको थियो ।
त्यस्तै जिल्ला अस्पतालमा कार्यरत बिशेषज्ञ डा. एवं राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला सल्लाहकार केहलबिक्रम जिसी, अकबिर घर्ती, संगठनका कर्णाली प्रदेश सदस्य टोपजंग खत्री, पेशागत महासंघका जिल्ला अध्यक्ष दिपक बिष्ट, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला उपाध्यक्ष तुलबिर बिक लगायतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रिय अनुशासन आयोगका सदस्य प्रकाश खड्काले संगठन स्थापनाको उदेश्य र संगठनले ३२ बर्षसम्मको अवधीमा गरेका क्रियाकलाप तथा उपलब्धिको बारेमा बताउनुभएको थियो ।