रुकुम पश्चिमका १९ मतदान स्थल अतिसंवेदनशील
जिल्ला सुरक्षा समिति रुकुम पश्चिमले जिल्लामा रहेका मतदान स्थलको वर्गिकरण गरेको छ । जसअनुसार जिल्लाका १९ मतदानस्थल अतिसंवेदशीलको सुचिमा परेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा कुल ७६ वटा मतदान स्थल रहेकोमा ४५ वटा मतदान स्थल संवेदनशीलको सुचिमा सुचिकृत भएका छन् । १२ वटा मतदान स्थल मात्र सामान्य रहेका छन् । विगतका निर्वाचनको समिक्षा, भौगोलिक अवस्था, सूचना सञ्चारको पहुँच, यातायातको सुविधा लगायत सूचकका आधारमा मतदान स्थल वर्गिकरण गरिएको घिमिरेले बताउनुभयो ।
वर्गिकरणका आधारमा सुरक्षा व्यवस्था सहित अन्य व्यवस्था मिलाईने उहाँले बताउनुभयो । जिल्लामा ६ वटा स्थानीय तह र ७३ वडा रहेकामा ७६ वटा मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्र तोकिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९ १४:४४
प्रतिक्रिया दिनुहोस्