Kakhara सबैको खबर सम्पूर्ण खबर
२०४६ साल देखि कांग्रेसका क्रियाशिल सदस्य खड्का माओवादी केन्द्रमा प्रवेश

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ का धनबहादुर खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस परित्याग गरेर उहाँ आज माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो । पार्टी कार्यालय रुकुमकोटमा पूर्व आपुर्ति मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेशमान पुनले खड्कालाई पार्टी प्रवेश गराउनु भएको हो ।

खड्का २०४६ सालदेखि नै नेपाली कांग्रेसको क्रियाशिल सदस्य हुनुुहुन्थ्यो । नेपाली कांग्रेसमा रहदा पार्टीले कहिल्यै पनि आफ्नो योगदानको कदर नगरेको र पुराना मान्छेलाई व्यवस्थापन गर्न नसकेको हुँदा आफु माओवादीमा प्रवेश गरेको उहाँकाे भनाई छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update