नेकपा माओवादी केन्द्र रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले सबै वडामा वडाध्यक्षका उम्मेदवार टुंग्याएको छ । आज बसेको माओवादी केन्द्र सानीभेरी गाउँपालिकामा गठित स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेद्वार छनोट समितिको बैठकले ११ वटै वडाका अध्यक्षका उम्मेदवार टुंग्याएको हो ।
बैठकले स्थानीय तहको निर्वाचनका लागि वडाअध्यक्ष टुंग्याउदै पार्टीको जिल्ला समन्व्य समितिमा सिफारिस गरेको छ । वडा नम्बर १ मा टेकबहादुर पुन, वडा नम्बर २ मा मानबहादुर पुन, वडा नम्बर ३ मा जगदिश नकाल, वडा नम्बर ४ मा खडकबहादुर चन्द, वडा नम्बर ५ मा तिर्थबहादुर खत्री र वडा नम्बर ६ मा पहल सिह घर्तीमगरलाई सिफारिस गरिएको छ ।
त्यस्तै वडा नम्बर ७ मा कुलबहादुर बुढा, वडा नम्बर ८ प्रेमबहादुर विक, वडा नम्बर ९ मा शेरबहादुर खड्का, वडा नम्बर १० मा टिकाराम खड्का र वडा नम्बर ११ को अध्यक्षमा भूपालसिह ओलीलाई सिफारिस गरिएको नेकपा माओवादी केन्द्र सानीभेरीले जनाएको छ । बैठकले गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परेमा जो कोहीको पनि उम्मेद्वारी फिर्ता हुने समेत निर्णय गरेको छ ।