Kakhara सबैको खबर सम्पूर्ण खबर
खंलगामा वजार अनुगमण
खलंगा बजारकाे एक पसलमा अनुगमण हुँदै ।

रुकुम पश्चिमको सदरमुकाम खंलगामा वजार अनुगमण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, मुसीकोट नगरपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले संयुक्त रुपमा बजार अनुगमण गरेका हुन । खंलगाको बिभिन्न ठाउँमा २९ वटा पसल अनुगमण गरिएको हाे । खंलगाको तल्लो वजार, सहिद मैदान, पातुखोलाका पसलहरुको अनुगमण गरिएको हो । २९ वटा पसल मध्य ५ वटा मासु पसल, डेरी पसल र एग्रोभेट, ४ वटा होटेल तथा नास्ता पसलको अनुगमण गरिएको हो । अनुगमणको क्रममा म्याद गुज्रिएका सामान फेला परेका छन् । 

त्यस्तै मुल्य सुचि नराखेको, दर्ता नविकरण नगरेको, कर चुक्ताको कागजात नभएको लगायत कैफिएत भेटिएको मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार वजारमा केहि सुधार आए पनि व्यपारीहरुले निर्देशन नमान्ने गरेको पाईएको छ । पटक–पटक अनुगमण गर्दा पनि कैफिएत दोहोरिएको उहाँले बताउनुभयो । होटल तथा खाजा घरहरुमा पनि खाना तथा खाजाको परिकारमा पनि बिभिन्न अखाद्य रङ प्रयोग गरेको पाईएको छ । खाजालाई आर्कषक देखाउनलाई अखाद्य रङ प्रयोग गरेको पाईएको हो ।

त्यस्ता रङहरुले स्वास्थ्यमा असर गर्ने भएकाेले प्रयोग नगर्न भनिएको जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसीले बताउनुभयाे । साथै बिभिन्न किराना पसलहरुमा पनि बालबालिकाहरुको लागि प्रयोग हुने पाउडर दुध भेटिएकाले त्यो दुध प्रयोग गर्ने तरिकाका बिषयमा सिकाईएको डा. जैसीकाे भनाइ छ । अनुगमणमा मुसीकाेट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, अस्डापतालका डा. भिमकान्त जैसी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update