Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट ८ को पाखापानी टोलमा घर घरै खानेपानी पुग्यो 
आयोजनाको उद्घाटन गर्दै मुसीकोट नगरपालिकाका उप प्रमुख प्रेमकुमारी सुनार ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ८ पाखापानीमा लिफ्टिङ प्रविधि मार्फत खानेपानी पुर्याईएको छ । लिफ्टिङ प्रविधिको प्रयोग गरेर ३ सय मिटर तलको घट्याङ खोला देखि पाखापानी टोलसम्म खानेपानी पुयाईएको हो । यसअघि पाखापानीका स्थानीयहरुले आफ्नै लगानीमा तीनवैनी लेखबाट पानीको जोहो गदै आएका थिए । 

मुहानमा प्रयाप्त पानी नहुँदा पाखापानीवासीहरुले खानेपानीको समस्या झेलिरहेका थिए । कहिले काही मुहानबाट पानी आएन भने आधा घण्टा हिडेर बोकेर पानी ल्याउनुपर्ने वाध्यता थियो । अव भने पाखापानीवासीका घर–घरमा खानेपानी पुगेको छ । यसबाट पाखापानी वासीहरु खुुशी भएका छन । 

लिफ्टिङ प्रविधि मार्फत पाखापानीका १८ घरधुरीमा खानेपानी पुर्याएको मुसीकोट नगरपालिका उप–प्रमुख प्रेमकुमारी सुनारले बताउनुभयो । उहाँका अनुसार पाखापानीमा खानेपानी पुर्याउनको लागि सहरी शासकीय पुर्वाधार विकास कार्यक्रम अन्तरगत मुसीकोट नगरपालिकाले २० लाख वजेटको व्यवस्था गरेको थियो । आयोजनाको काम सकिएपछि उप-प्रमुख सुनारले आयोजनाको उद्घाटन गर्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update