Kakhara सबैको खबर सम्पूर्ण खबर
आहा ! ठुली दह (फोटो फिचर)

ठूली दह ! पछिल्लो समय धेरैको ओठमा झुण्डिएको शब्द हो, यो । विशेष गरी रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगा तथा खलंगा आसपासका अधिकांशले ठूली दहको बारेमा सुनेका छन् । सुनेकामध्य धेरै जना त त्यहा“ पुगेका पनि छन् । मुसीकोट नगरपालिका–७, सा“ख गाउँदेखि माथि रहेको ठूली दह पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ ।

शनिबार तथा अरु विदाको दिनको साथै हप्ताका सातै दिन ठूली दह धेरै मान्छे घुम्न, रमाउन जान थालेका छन् । ठूली दह र अरु दह, वरीपरीको जंगल, माथिको लेक, लेकबाट देखिने ठूली दह उपत्यकाले सबैको मन लोभ्याउँछ । मध्यपहाडी लोकमार्गबाट एक घण्टाको पैदल यात्रापछि पुगिने ठूली दह पछिल्लो समय आकर्षक पर्यटकीय केन्द्र बन्दै गएको छ ।

ठूली दह आसपासमा प्राकृतिक रुपमा बनेका थुम्का, खोल्सा, ढुङ्गा, मुहान तथा जंगलमा पर्यटकहरु रमाउछन् । त्यही रहेका अरु दह पनि ठूली दहमा जोडिएका छन् । ठूली, छिप्रि र स्यानी दह एक अर्कास“ग जोडिएका छन् । जंगलको बीचमा रहेकाले यी दह धार्मिक आस्थाका धरोहर भएको गाउ“ले बताउ“छन् ।

पछिल्लो समय मध्यपहाडी लोक मार्ग सञ्चालनमा आएपछि ठूली दहमा मान्छेको आउजाउ बढेको छ । त्यसअघि गोठाला र अरु कामले जानेहरु मात्रै भेटिने ठूली दहमा पछिल्लो समय घुम्ने उद्देश्यले जाने मान्छेको संख्या पनि ठूलो छ ।

जिल्ला सदरमुकाम खलंगाबाट २० देखि ३० मिनेट मोटरसाइकल वा गाडिमा हिडेपछि ठुली दह पुग्न एक घण्टा पैदल हिड्नुपर्छ । साँख गाउँदेखि सोझै पनि ठूली दह पुगिन्छ भने बैरी दह गएर पनि ठूली दह पुग्न सकिन्छ ।

हेर्नुहोस्, ठूली दहका दश फोटो.................

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update