नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्षहरुको टुंगो लाएको छ । पालिका समितिको बैठकले १० वटै वडाका अध्यक्षको टुंगो लगाएको हो ।
पार्टी अध्यक्ष गणेशबहादुर खड्काका अनुसार १ नम्बर वडा अध्यक्षको उम्मेदवारमा लक्ष्मण ओली, २ नम्बर वडाको अध्यक्षको उम्मेदवारमा मोतिराम पुन र ३ नम्बर वडाको अध्यक्षको उम्मेदवारमा विरभान ओलीलाई सिफारिस गरिएको छ । ४ नम्बर वडाको अध्यक्षको उम्मेदवारमा घमण्डबहादुर खड्का, ५ नम्बर वडाको अध्यक्षको उम्मेदवारमा रणबहादुर पुन र ६ नम्बर वडा अध्यक्षको उम्मेदवारमा भद्रबहादुर सिर्पालीलाई अघि सारिएको छ ।
७ नम्बर वडा अध्यक्षको उम्मेदवारमा धनबहादुर खड्का, ८ नम्बर वडाअध्यक्षको उम्मेदवारमा लक्ष्मण विक, ९ नम्बर वडा अध्यक्षको उम्मेदवारमा जनककुमार विक र १० नम्बर वडा अध्यक्षको उम्मदेवारमा शेरमान खड्कालाई अघि सारिएको छ । माओवादीले दश वटै वडामा पूराना कोही पनि वडाध्यक्षलाई दोहोर्याएको छैन । माओवादीले पार्टीको तर्फबाट त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा गणेशकुमार केसी र उपाध्यक्षको उम्मेदवारमा राजकुमारी रेउलेलाई चयन गरेको छ ।