Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र त्रिवेणी ७ ले गर्यो वडा सचिव बिष्टलाई कारवाही 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर ७ ले पार्टी वडा सचिव यज्ञवहादुर बिष्टलाई कारवाही गरेको छ । पार्टी संगठन आचरण विपरित काम गरेको भन्दै हिजो वसेको पार्टी वडा बैठकले बिष्टलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । पार्टी वडा अध्यक्ष शंकरबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य मिनबहादुर ओली होसियारको प्रमुख आतिथ्यता रहेको थियो । केन्द्रीय सल्लाह समिति ओलीले पार्टीका उम्मेदवारलाई विजयी गराउन कस्सिएरर लाग्न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो । 

सबै पार्टी, पंक्ति, नेता कार्यकर्ता एक ढिक्का भएर लागेमा जीत टाढा नरहेको उहाँको भनाई छ । त्यस्तै बैठकले वडा सदस्यका उम्मेदवार समेत टुंगो लगाएको छ । अध्यक्षमा धनबहादुर खड्काको नाम यसअघि नै सिफारिस भएको थियो । वडा बैठकले वडा सदस्य अन्तरगत खुला सदस्यमा नैनसिंह पुन र कर्णबहादुर खड्का, महिला सदस्यमा प्रेमा केसी ओली र दलित महिला सदस्यमा गंगा कामी चयन गरेकाे छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update