Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एसबाट चौरजहारीको प्रमुखमा पुस्तक र उप प्रमुखमा शुसिला सिफारिस 

नेकपा एकीकृत समाजवादीले चौरजहारी नगपालिका प्रमुख, उप–प्रमुख र वडा अध्यक्षहरुको नाम सिफारीस गरेको छ । शनिबार बसेको निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनौट समितिको बैठकले प्रमुख र उप प्रमुखको नाम सिफारिस गरेको हो ।

नगरपालिका प्रमुखमा पुस्तक चन्द र उप–प्रमुखमा शुसिला गिरीको नाम सिफारिस गरिएको छ । त्यस्तै वडा नम्वर १ को अध्यक्षमा बिरबहादुर गिरी, वडा नम्वर ३ को अध्यक्षमा यज्ञबहादुर बटाला, वडा नम्वर ५ को अध्यक्षमा उर्मिला केसी, वडा नम्वर ६ को अध्यक्षमा लालबहादुर बोहोराको नाम सिफारिस गरिएको छ । 

त्यस्तै वडा नम्वर ७ को अध्यक्षमा हुकुम बिसी, वडा नम्वर ८ को अध्यक्षमा मुक्ति बुढा, वडा नम्वर ९ को अध्यक्षमा शसिराम खत्री, वडा नम्वर १० को अध्यक्षमा धनबिर राना, वडा नम्वर ११ को अध्यक्षमा ११ टेकबहादुर बिक, वडा नम्वर १२ को अध्यक्षमा गगन बोहरा र वडा नम्वर १३ को अध्यक्षमा प्रेम केसीको नाम सिफारिस गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update