यही ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुसीकोट नगरपालिका १०, को वडाध्यक्षको उम्मेदवारमा धनबहादुर खड्कालाई अघि सारिएको छ । माओवादी केन्द्रको तर्फबाट खड्का वडाध्यक्षको उम्मेदवार बन्नुभएको हो । पार्टीको मुसीकोट नगर समितिले खड्कालाई वडाध्यक्ष बनाउने निर्णय गरेको छ । वडाध्यक्षका लागि वडाबाट सिफारिस भएकाहरु मध्यबाट खड्कालाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार बनाइएको हो ।
२०७४ सालको स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित खड्काले शुक्रबार नै राजिनामा दिइसक्नु भएको छ । पार्टीको नगर समिति सदस्य रहेका खड्का युवा व्यवसायी र युवा माझ लोकप्रिय हुनुहुन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उक्त वडामा माओवादी केन्द्रको प्यानल नै विजयी बनेको थियो । माओवादी केन्द्रले मुसीकोट नगरपालिकाको प्रमुखमा वसन्तकुमार शर्मा, उप-प्रमुखमा मिलन खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अरु वडाअध्यक्षका उम्मेदवारहरु पनि सिफारिस भइसकेको छन् ।