रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ । सत्ता गठबन्धनबीच तालमेल नभएपछि कांग्रेस एमालेले गठबन्धन गरेका हुन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दत्तबहादुर बस्नेत र उपाध्यक्षमा एमालेका गोपाल रेउलेले उम्मेदवारी दिने बताइएको छ ।
अध्यक्षका उम्मेदवार बस्नेतले आफ्नो पार्टीको भागमा परेको वडा सहित आजै उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । वडा नम्बर १, २, ४ र ५ नम्बर वडामा कांग्रेसको भाग लागेको छ । १ नम्बरबाट कर्णबहादुर बुढा, २ बाट चंखबहादुर झाँक्री, ४ बाट खिमबहादुर केसी र ५ नम्बर वडाबाट विरेन्द्र बस्नेतले उम्मेदवारी दिनुभएको छ ।
एमालको भागमा परेको उपाध्यक्ष, ३, ६, ७ र ८ नम्बर वडाको उम्मेदवारी भने परेको छैन । एमाले कांग्रेसले सिस्ने र भूमे गाउँपालिकामा तालमेल गर्ने गरी निर्णय गरेका छन् । सिस्ने गाउँपालिकामा २०७४ सालको निर्वाचनमा पनि एमाले कांग्रेसको गठबन्धन भएको थियो । एमालेले अध्यक्ष र कांग्रेसले उपाध्यक्षमा निर्वाचन लडेका थिए । जित भने माओवादीले हात पारेको थियो ।