Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा रुकुम पूर्वको सचिवालय बैठक
बैठकमा सहभागि सचिवालय सदस्यहरु ।

नेपाल कम्युनिष्ट पार्टी रुकुम पूर्वले पार्टी केन्द्रले गरेका निर्णय दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेकपा (प्रचण्ड माधव नेपाल समूहको) जिल्ला सचिवालय बैठकले पार्टी केन्द्रले तय गरेका सम्पूर्ण संघर्षका कार्यक्रमलाई वडा तहसम्म लेजाने निर्णय गरेको हो । भूमे गाउँपालिकामा मंगलबार बसेको बैठकले जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरेको छ ।

उक्त समितिले जनवर्गिय संगठनको बाँकी एकता र पदपुर्तिका लागि काम गर्ने छ । समितिमा श्रेष्ठ सहित भीउमान घर्ती मगर, मन्सराम खड्का, कुमारी बराल, गजेन्द्रबहादुर ओली, बासुदेव गौतम, प्रवेश पुन, रुपधन कामी, संगम रोका, मोहन केसी र दीपेन्द्र छन्त्याल सदस्य छन् । बैठकले केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध आन्दोलन गर्न ५ सय सदस्यीय संघर्ष समिति बनाएको छ ।

आन्दोलन र संघर्षका कार्यक्रमलाई व्यवस्थित बनाउन र वडा तहसम्म लैजाने गरी उक्त समितिले काम गर्ने छ । बैठकले केही दिनभित्रै जिल्लाको बृहत कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली लगायतका नेताहरुको उपस्थितिमा वडातहसम्मका नेता कार्यकर्ता सहभागि हुने भेला आयोजना गर्ने निर्णय भएको सचिवालय सदस्य जीवन केसीले जानकारी दिनुभयो । बैठकमा जिल्ला सह इन्चार्ज तेजबहादुर ओलीले समसामयिक विषयमा प्रक्षिण दिनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update