Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी १० को वडाध्यक्ष र बाँफिकोट १ को महिला सदस्यमा स्वतन्त्र उम्मेदवारी 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी परेको छ । आज निर्वाचन अधिकृतको कार्यालयमा चौरजहारीमा अमरबहादुर बुढाले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । आज पहिलो दिन चौरजहारीमा दलका तर्फबाट कुनै पनि उम्मेदवारी नपरेको र एक जना स्वतन्त्र उम्मेदवारले वडा नम्बर १० को अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत द्रोणदत्त पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको बाँफिकोट गाउँपालिकामा पनि आज एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । गाउँपालिकाको वडा नम्बर १ को महिला सदस्यमा नन्दी खत्रीको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय बाँफिकोटले जनाएको छ ।बाँफिकोटमा पनि आज पहिलो दिन मुख्य दलका तर्फबाट मनोनयन दर्ता भएन् । अहिले राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुले मनोनयन दर्ता गराईरहेको निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update