रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी परेको छ । प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरीकुमारी शर्मा विएमले उम्मेदवारी दर्ता गराउनुभएको हो । नेता, कार्यकर्ता सहितको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वादी र विएमले उम्मेदवारी दर्ता गराउनु भएको हो । अहिले वडाध्यक्ष तथ वडा सदस्यको उम्मेदवारी दर्ताको कार्यालय चलिरहेको छ ।
माओवादी केन्द्रले प्रमुख र उपप्रमुख सहित ७२ वटै पदमा उम्मेदवारी दर्ता गराइरहेको छ । २ नम्बर वडा स्थित नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचन प्रमुखमा माओवादी केन्द्रकै विशाल शर्मा र उपप्रमुखमा राधा रोकाले जित्नुभएको थियो । १४ मध्य १० वडा माओवादी केन्द्रले जितेको थियो भने ३ वडा कांग्रेसले जित्दा १ वडा नेकपा एमालेले जितेको थियो ।