Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेरास्ववियू रुकुम पश्चिमले गर्यो अवैध कलेजलाई कारवाहीको माग
अनेराश्ववियूले जारी गरेकाे प्रेस विज्ञप्तीकाे अंश ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समर्थित विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) रूकुम पश्चिमले अवैध रुपमा संचालनमा रहेकाे भन्दै दुई नीजि कलेजलाई कारबाहीको माग गरेको छ । जिल्ला सदरमुकाममा संचालित स्यार्पू दह इन्जिनियरिङ कलेज प्रा.लि. र टि.एन.टी टेक्निकल कलेज प्रा.लि.ले सिटिईभिटी र एनएसटीवि बाट निर्धारीत मापदण्ड पुरा नगरी अवैध रुपमा संचालन भएको भन्दै अनेरास्ववियू जिल्ला कमिटिले कारबाहीको माग गरेको हो । आज एक प्रेस विज्ञप्ती जारी गर्दै संगठनले यि कलेजले विद्यार्थीहरुलाई झुठा आश्वासन दिएर प्राविधिक शिक्षा तर्फको कम्प्युटर अपरेटर १८ महिने तथा ३ वर्षिय कोर्ष पढाई हुन्छ भन्दै यसै अनुसार पैसा असुलेको भन्दै यि कलेजलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय र मुसीकोट नगरपालिकाको ध्यानाकर्षण गराएको छ । यो घटनाप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको भन्दै विद्यार्थीहरुबाट अवैध रुपमा असुलेको शुल्क क्षतिपुर्ति सहित तत्काल फिर्ता गराउन पनि उसले सम्वन्धित निकाय समक्ष माग गरेको छ । आफुहरु ठगिमा परेको भन्दै यि कलेजमा अध्यनरत विद्यार्थीहरु आन्दोलित भएका छन् ।

त्यस्तै विद्यार्थी संगठनले मुसीकोट नगरपालिका–१, खलंगाको कालिका मन्दिर देखि पुष्पलाल चोक हुँदै बह्राटाकुरा टुँडिखेल सम्मको वाटो निर्माणमा ढिलाई भइरहेको भन्दै समयमै काम सम्पन्न गर्न निर्माणको जिम्मा लिएको ठकेदारलाई ताकेता गर्न प्रशासनको ध्यानाकर्षण समेत गराएको छ । जिल्लामा भर्खरै निर्धारण गरिएको नयाँ यातायात भाडादर कार्यान्वयन नभएको र गाडि धनिहरुले यात्रुबाट मनपरी रुपमा चर्को भाडा असुल गरिरहेकले यसतर्फ ध्यान केन्द्रीत गर्न र नयाँ भाडादर तत्काल कार्यान्वयनको माग पनि अनेरास्ववियूले गरेको छ । संगठनका जिल्ला संयोजक सुसिल बिष्ट र सह संयाेजक हुकम बिसीले विज्ञप्ती जारी गर्नुभएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update