Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वका सबै पालिकामा माओवादीको मनोनयन सम्पन्न
भूमेमा उम्मेदवारी दर्ताका लागि आएका माओवादी कार्यकर्ता तथा समर्थक ।

रुकुम पूर्वका तीन वटै गाउँपालिकामा माओवादीले मनोनयन दर्ता गराएको छ । पुथाउत्तरगंगा गाउँपालिका, भूमे र सिस्ने गाउँपालिकामा पार्टीको तर्फबाट उम्मेदवारी दिने काम सम्पन्न भएको माओवादी केन्द्र रुकुमले पूर्वले जनाएको छ । पुथाउत्तरगंगा गाउँपालिकाको अध्यक्षमा पार्टीको जिल्ला समिति सचिव तथा प्रदेश समिति सदस्य पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा पुनले मनोनयन दर्ता गर्नुभएको छ ।

१४ वडा र सदस्यहले पनि मनोनयन दर्ता गरेको जनाइएको छ । भूमे गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढाको मनोनयन दर्ता भएको छ । सिस्ने गाउँपालिकाको अध्यक्षमा कृष्ण रेग्मी र उपाध्यक्षमा आस्था विकले मनोनयन दर्ता गर्नुभएको हो । निर्वाचन आयोगले तोकेको मनोनयनको दोस्रो दिनमा माओवादीले उम्मेदवारी दर्ता गराएको हो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update