Kakhara सबैको खबर सम्पूर्ण खबर
जनक बाँठा र नन्दा केसीको कांग्रेस तर्फबाट बाँफिकोटमा उम्मेदवारी
कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार ।

नेपाली कांग्रेसका तर्फबाट बाँफिकोट गाउँपालिका रुकुम पश्चिममा मनोनयन दर्ता सम्पन्न भएको छ । अध्यक्षमा जनककुमार बाँठा मगर र उपाध्यक्षमा नन्दाकुमारी केसी नाथको उम्मेदवारी दर्ता भएको हो । कांग्रेसले वडाध्यक्ष तथा सदस्यहरुको मनोनयन भने जारी राखेको छ ।

४ नम्बर वडामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनिहरुले मनोनयन दर्ता गराएका हुन् । बाँफिकोटमा माओवादीको तर्फबाट अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसीको उम्मेदवारी दर्ता भएको छ । एमालेले गणेशबहादुर केसी र देउमी पौडेललाई उम्मेदवार बनाएको छ । यद्यपी उम्मेदवारी भने दर्ता हुने क्रममा रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update