Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा कांग्रेसका बागी उम्मेदवार

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा कांग्रेस नेताले बागी उम्मेदवार दिनुभएको छ । कांग्रेस नेता धिरेन्द्रकुमार शाहीले गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिनुभएको हो । कांग्रेसले अध्यक्षमा जनककुमार बाँठालाई टिकट दिएको । उहाँले पनि मनोनयन गरिसक्नु भएको छ । पार्टी र पार्टीमा आस्थावान नेता, कार्यकर्ताका लागि उम्मेदवारी दिएको शाहीले बताउनुभयो । उम्मेदवारीका विषयमा थप कुरा केही दिनमा खुल्ने शाहीले बताउनुभयो । कांग्रेसले पालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुमा उम्मेदवारी दिइरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update