रुकम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र बाट उम्मेददवारी मनोनयन दर्ता भएको छ । अध्यक्षमा गनेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी खड्का रेउलेले मनोनयन दर्ता गराउनुभएको हो । नेता कार्यकर्ता पन्चेबाजा सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष केसी र उपाध्यक्ष रेउलेले मनोनयन दर्ता गराएका हुन । माओवादी केन्द्र त्रिवेणीले अध्यक्ष उपाध्यक्ष सहित १० वटै वडा अध्यक्ष र सदस्यहरुको .मनोनयन दर्ता गरेकोे निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीले जनाएको छ ।
वडा नम्बर १ को अध्यक्षमा लक्ष्मन ओली वडा नम्बर २ मा मोतिराम पुन वडा नम्बर ३ मा विरभान ओलीले उम्मेदवारी दिनुभएको छ । वडा नम्बर ४ मा घमण्डबहादुर खड्का त्यस्तै वडा नम्बर ५ मा रनबहारदुर पुन वडा नम्बर ६ मा भद्रबहादुर सेर्पाली वडा नम्बर ७ मा धनबहादुर खड्काले उम्मेदवारी दिनुभएको छ । वडा नम्बर ८ मा लक्ष्मन विक वडा नम्बर ९ मा जनक विश्कर्मा र वडा नम्बर १० मा शेरमान खड्काले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन । २०७४ को स्थानीय तह निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष सहित ८ वटा वडा माओवादी केन्द्रले जित हासिल गरेको थियो । बाँकी २ वटा वडामा नेपाली काङग्रेसले जितेको थियो ।