Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा कांग्रेस–एमाले गठबन्धन, अध्यक्षमा ५ र उपाध्यक्षमा ३ जनाको उम्मेदवारी 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका विचमा गठबन्धन भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले ५ दलिय सत्ता गठबन्धन बाहिर गएर नेकपा एमालेसंग गठबन्धन गरेको हो । यस गाउँपालिकामा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको छ । अध्यक्षमा कांग्रेसका गोरखप्रसाद चन्दको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्षमा नेकपा एमालेका प्रकाश खड्काको उम्मेदवारी परेको छ । 

सानीभेरीमा अध्यक्षमा ५ जनाको र उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका अन्य उम्मेदवारहरुमा नेकपा माओवादी केन्द्रबाट बिर्खबहादुर बिष्ट, नेकपा एकीकृत समाजवादीबाट सन्तोष खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टंकबहादुर घर्ती र जनता समाजवादी पार्टीबाट मिमकुमार ओलीको उम्मेदवारी परेको हो । त्यस्तै उपाध्यक्षमा एमालेका खड्का सहित नेकपा माओवादी केन्द्रबाट कमला रोका पुन र एकीकृत समाजवादी पार्टीबाट कबिता खड्का ओलीको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय सानीभेरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update