Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा सत्ता गठबन्धन विपरित कांग्रेस–एमाले गठबन्धन 

रुकुम पश्चिममा ५ दलिय सत्ता गठबन्धन बाहिर गएर नेपाली कांग्रेसले नेकपा एमालेसंग गठबन्धन गर्ने भएको छ । केन्द्र र प्रदेशले सत्ता गठबन्धन भन्दा बाहिर गएर गठनबन्धन नगर्न चेतावनी दिएपनि रुकुम पश्चिममा भने कांग्रेसले नेकपा एमालेसंग सत्ता गठबन्धन गर्ने भएको छ । 

जिल्लाका लगभग सबै स्थानीय तहमा कांग्रेस–एमाले गठबन्धन बन्ने देखिएको छ । कांग्रेसले प्रमुख र अध्यक्ष तथा एमालेले उपप्रमुख र उपाध्यक्ष लिने गरी समहमति भएको देखिन्छ । अहिले दुवै दलले प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षमा आ–आफ्नै उम्मेदवार बनाएपनि पछि उम्मेदवारी फिर्ता लिने गरी तयारी भएको छ । 

रुकुम पश्चिममा केन्द्रीय सर्कुलर अनुसार सत्ता गठबन्धन बन्न नसकेपछि कांग्रेस एमालेसंग मिल्न गएको हो । यद्धपि मुसीकोट नगरपालिकामा भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विच गठबन्धन भएको छ । अन्य स्थानीय तहमा भने कांग्रेस–एमाले गठबन्धनसंग माओवादी एक्लै लड्ने देखिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update