Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्रका उम्मेदवारको छलफल कार्यक्रम

नेकपा माओवादीका केन्द्र  बाँफिकोट रुकुम पश्चिम ले आसन्न स्थानीय तहको निर्वाचनको लागि भेटघाट तथा छलफल कार्यक्रम अघि बढाएको । आज विहान बाँफिकोट ५ खारखोला भेटघाट तथा छलफल गरेको हो ।  छलफलको क्रममा  उठेका गुनासो हरुलाई  पार्टीले सम्बोधन गर्ने माओवादी केन्द्री बाँफिकोट जानकारी दिएको छ ।  

छलफलमा माओवादी केन्द्रका केन्द्रीय सदस्य महेन्द्र केसी  पार्टी गाउँपालिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसी लगायतले सर्वसाधारणले गरेको प्रश्नको जवाफ दिनुभएको थियो । विहानदेखि सुरु भएको छलफल तथा भेटघाट कार्यक्रममा अहिले पनि जारी छ ।

छलफलमा सर्वसाधारणका साथै अरु नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । माओवादीले बाँफिकोट गाउँपालिका अध्यक्षमा चन्द्रबहादुर र उपाध्यक्षमा तारा बुढा केसीलाई उम्मेदवार बनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update