Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा ३ सय ७७ पदका लागि ११ सय ५ जनाको उम्मेदवारी 

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिममा १ हजार १ सय ५ जनाको उम्मेदवारी परेको छ । कुल ३ सय ७७ पदका लागि उक्त उम्मेदवारी परेको हो । जिल्लामा ३ गाउँपालिका, ३ नगरपालिका गरी ६ वटा स्थानीय तह र ७३ वटा वडा रहेका छन् । 

जिल्लाभरमा कुल ६ प्रमुख, ६ उपप्रमुख, ६ अध्यक्ष तथा ६ उपाध्यक्ष तथा ७३ वडाध्यक्ष र २ सय ९२ जना वडा सदस्यका लागि १ हजार १ सय ५ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । 

कुन पदका लागि कति जनाको उम्मेदवारी पर्यो भन्ने बारेमा भने जिल्ला भरबाट विवरण आउने क्रममा रहेको र सबै स्थानीय तहबाट आईनसकेको उहाँले बताउनुभयो । त्यस्तै स्वतन्त्र उम्मेदवारी पनि परेको र यसका बारेमा पनि एकीन संख्या आउँन बाँकी रहेको छ । 

जिल्लामा हालसम्म दुई स्थानीय तहमा छुट्टा छुट्टै गठबन्धन बनेका छन् भने अन्य स्थानीय तहमा दलहरुले छुट्टा छुट्टै उम्मेदवारी दिएका छन् । मुसीकोट नगरपालिका नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका विचमा गठबन्धन भएको छ भने सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र एमालेका विचमा गठबन्धन भएको छ । 

जिल्लाका अन्य स्थानीय तहमा समेत गठबन्धन बन्ने सम्भावना देखिएको छ । तर यसबारेमा १६ गते जानकारी हुने छ । निर्वाचन कार्यतालिका अनुसार १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update