नेकपा माओवादी केन्द्र चौरजहारी रुकुम पश्चिमले प्रचार प्रसार अभियान थालेको छ । हिजो मनोनयन गरेको माओवादीले १ नम्बर वडाबाटा प्रचार प्रसार अभियान सुरु गरेको हो । नगर प्रमुखका उम्मेदवार पुष्प वादी र उपप्रमुखका उम्मेदवार इश्वरीकुमारी शर्मा विएम सहितको टोलीले चुनाव प्रचार थालेको हो ।
माओवादी केन्द्रका नेता गोपाल शर्मा अनल, विशाल शर्मा, ऋषिप्रसाद शर्मा लगायतको उपस्थितिमा १ नम्बर वडामा प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेता गोपाल शर्माले माओवादीको जित भइसकेको भन्दै अब घोषणाको काम मात्रै बाँकी रहेको बताउनुभयो । स्थानीय सरकार घरको नजिकसम्म ल्याउने, समानुपातिक, समावेशिता, संघीयता र गणतन्त्रको बाहक माओवादीलाई आधिकारीकता दिन जनताहरु आतुर रहेको नेता शर्माको भनाई छ ।
२०७४ सालमा निर्वाचित स्थानीय सरकारले गरेको विकासका कामले जनताहरु थप उत्साहित भएर मतदान गर्न बसेको नेता शर्माले बताउनुभयो । समृद्ध चौरजहारी निर्माण गर्नका लागि माओवादी कटिबद्ध भएको भन्दै नगरप्रमुखका उम्मेदवार पुष्प वादीले माओवादीको विकल्प नभएको बताउनुभयो । हालको नगर कार्यपालिकाले गरिरहेको विकासको निरन्तरता र थप विकासको निर्विकल्प पार्टी माओवादी भएको वादीले बताउनुभयो ।