रुकुम पूर्वको भूमे ३ मा माओवादीबाट महिला सदस्य निर्विरोध
रुकुम पूर्वको भूमे गाउँपालिकामा एक महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रबाट महिला सदस्यकी उम्मेदवार बिष्णु रोका निर्विरोध निर्वाचित हुनुभएको हो ।
स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा भूमे गाउँपालिका ३ को महिला सदस्यमा माओवादी केन्द्रबाट विष्णु रोकाको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत बिमलप्रसाद बरालले जानकारी दिनुभयो । यो संगै नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा विजयी सुरुवात गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९ १७:०३
प्रतिक्रिया दिनुहोस्