Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र सानीभेरीको चुनावी अभियान सुरु

आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवारी दिएका ५७ जना उम्मेदवारहरुलाई विजयी बनाउन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सानीभेरीले पार्टीको चुनावी अभियानको सुरुवात गरेको छ निर्वाचन केन्द्रित कार्यक्रम अन्तर्गत आज सानीभेरी गाउँपालिका वडा नं ७ को छोटेबगरमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकुमार शर्माको प्रमुख आतिथ्यता¸ प्रदेश कमिटी सदस्य बिमला केसीको विशेष आतिथ्यता तथा प्रदेश कमिटीका सदस्यहरु¸ जिल्ला समन्वय समितिका सदस्यहरु¸ सानिभेरी गाउँकमिटीका पदाधिकारी तथा सदस्यहरु¸ पार्टीबाट उम्मेदवारी दिएका सबै उम्मेदवारहरु लगाएतको बैठक बसी बैशाख १४ गते देखि संचालन हुने चुनावी अभियानको कार्यतालिका पास गरेको हो । पार्टीको निर्वाचन परिचालन समितिका संयोजक नरबहादुर पुनले आगामी बैशाख ५ गते सम्मको निर्वाचन केन्द्रित कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । उक्त निर्वाचन केन्द्रित कार्यक्रममा उम्मेदवारी मनोनयन देखि सपथ ग्रहण र पदभार ग्रहण सम्मको कार्यक्रम पेश गरिएको गरिएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक पुनले पेश गरेको कार्यक्रममा एक वटा वडामा ३ वटा सम्म भेला तथा सभाको आयोजना गर्ने गरी कार्यक्रम तय गरिएको छ । वडा नं ११ बाट सुरु भएर बैशाख २७ गते सानीभेरी गाउँपालिकामा बृहत जनसभा गरी चुनावि प्रचार अभियान सम्पन्न गर्ने बताइएको छ । बैठकमा प्रमुख अतिथि तथा नेकपमा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकुमार शर्माले सानीभेरी गाउँपालिकामा ११ वटै वडामा विजय हाँसि गर्नेगरी चुनाव अभियानमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।

त्यस्तै प्रदेश कमिटी अध्यक्ष बिमला केसीले माओवादी केन्द्रको सरकारले अहिले सम्म गरेका कामहरुलाई संस्थागत तथा आगामी कार्यकालमा जनपक्षिय काम गर्ने योजना बनाई अघि बढ्न सल्लाह दिनुभएयो । उहाँले पार्टीले सबैवडामा क्लिन स्वीप गर्नुपर्ने र हार्ने अधिकार कसैलाई नभएको समेत बताउनु भयो । निर्वाचन परिचालन समितिका संयोजक नरबहादुर पुनको अध्यक्षतामा भएको बैठको संचालन पार्टीका गाउँकमिटी सचिव टेक बहादुर पुनले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update