नेकपा माओवादी केन्द्र बाँफिकोट रुकुम पश्चिमले भेटघाट तथा छलफल अभियान अहिले ५ नम्बर वडाको बडागाउँ गरेको छ । मंगलबार सोहि वडाको खारखोला र ४ नम्बर वडाको सिम्तारुमा गरेको भेटघाट तथा छलफल गरेको माओवादी ले ५ नम्बर वडाका गरिरहेकोछ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागी माओवादी ले भेटघाट तथा छलफल गरिरहेको छ । गाउँपालिका अध्यक्षका उम्मेदवारी चन्द्रबहादुर केसीले वैदेशिक रोजगारीमा जाने युवाको लागी देश मै रोजगारीको सिर्जना गर्ने बताउनु भयो ।
बेरोजगार युवा लाई कृषि पेशामा जोडी उत्पादन मुखी बनाउनु पार्टी सधै अग्रसर रहने बताउनु भयो । उद्योग धन्दा खोली बेरोजगारी युवाहरु लाई रोजगार दिन सक्ने वातावरण मिलाउन सरकार लाग्ने बताउनु भयो । २०७४ को निर्वाचनमा जसरी माओवादी पार्टी बिजय भयो । अहिलेको निर्वाचनमा पनी त्यसरी नै बिजय बनाउन माओवादी केन्द्रीका कर्णाली प्रदेश सदस्य धर्म बहादुर केसी जनतालाई आग्रह गर्न भयो । आफुहरुले पुरा गर्न नसकेका केहि अधुरा कामहरु अबको आउने सरकार पुरा गर्ने भएको हुँदा जसरी पनी माओवादी पार्टी बिजय बनाउनु पर्ने उहाँको जोड छ ।
भेटघाट तथा छलफल कार्यक्रम माओवादी पार्टी केन्द्रीय सदस्य महेन्द्र के सी पार्टी कर्णाली प्रदेश सदस्य केसी पार्टी की कर्णाली प्रदेश सदस्य झरना विएम गाउँपालिका अध्यक्षका उम्मेदवारी केसी, गाउँपालिका उपाध्यक्ष उम्मेदवारी तारा बुढा केसी, शिक्षक संघ कर्णाली प्रदेश सदस्य शेरबिर दाहाल, वाइसियल नेपालका कर्णाली प्रदेश सदस्य जोख बहादुर पुन, सर्वसाधारणका साथै अरु नेता कार्यकर्ताहरुको पनि सहभागितारहेको छ । आगामी २९ गते सम्म गाउँपालिका भित्रका मुख्य बस्ती हरुमा भेटघाट तथा छलफल कार्यक्रम गर्ने माओवादी पार्टी बाँफिकोट जानकारी दिएको छ ।