Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र बाँफिकोटको भेटघाट कार्यक्रम निरन्तर

नेकपा माओवादी केन्द्र बाँफिकोट  रुकुम पश्चिमले भेटघाट तथा छलफल  अभियान आज ५ नम्बर वडाको बडागाउँ र ३ नम्बर वडा अन्तर्गत  दह र नेपानेमा गरेको छ । मंगलबार बाट सुरु गरिएको अभियान आज बिहान बडागाउँ र अहिले दह र नेपानेमा गरेको हो ।   

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागी माओवादी ले भेटघाट तथा छलफल गरिरहेको छ ।  जनाताको गुनासो हरुलाई पार्टीले सम्वोधन गर्दै जनता सामु सरकारले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाई जस्ता विकासका पूर्वाधारलाई  विशेष जोड दिदै  रोजगार मुलक कार्यक्रम  ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

अब आउने  सरकाले जनाताको सल्लाह अनुसार विकास निर्माणका काम गर्ने नेकपा माओवादी केन्द्र बाँफिकोट ले जानकारी दिएको छ  । स्यार्पु लाई पर्यटन प्रवर्द्धन जोडेर यहाँ का धेरै मानिसहरू रोजगार दिने उद्देश्यमा माओवादी पार्टी अग्रसर रहेको गाउँपालिका अध्यक्षका उम्मेदवारी  चन्द्रबहादुर केसीले जानकारी दिनु भयो ।

आगलागी, बाढी,पहिरो, जस्ता  विभिन्न बिपतबाट घरबार बिहिन भएका परिवारलाई सरकारले घर निर्माण गर्दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । अधुरा रहेका कामहरु लाई सम्पन्न गर्ने र सम्पन्न भएका योजनाहरुलाई स्तरोन्नति गर्ने उहाँले बताउनुभयो । नेकपा माओवादीका  केन्द्रका केन्द्रीय सदस्य महेन्द्र केसी, कर्णाली प्रदेश सदस्य इन्दिरा विएम, गाउँपालिका  उम्मेदवार  केसी, गाउँपालिका  उम्मेदवारी उपाध्यक्ष  तारा बुढा केसी, शिक्षक संघ कर्णाली प्रदेश सदस्य शेरबिर दाहाल, वाइसियल नेपालका कर्णाली प्रदेश सदस्य जोख बहादुर पुन, सर्वसाधारणका साथै अरु नेता कार्यकर्ताहरुको टोली भेटघाट तथा छलफल मा जुटेको छ  ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update