नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा अनलले माओवादी केन्द्र सत्ता गठबन्धनको स्प्रिटबाट पछि नहटेको बताउनुभएको छ । प्रतिगामी विरोधी गठबन्धनका लागि माओवादी तयार रहेको उहाँले बताउनुभयो । माओवादी केन्द्रको तर्फबाट चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा नेता शर्माले रुकुम पश्चिममा सत्ता गठबन्धन भन्दा बाहिरको गठबन्धन प्रयास भइरहेको बताउनुभयो ।
आफ्नो पार्टीलाई फरक ढंगले गठबन्धन गर्दा पनि फरक नपर्ने भन्दै उहाँले नीति भन्दा बाहिर गएर कांग्रेसले घोषित र अघोषित गठबन्धन गरिरहेको बताउनुभयो । रुकुम पश्चिमको सन्दर्भमा कांग्रेसले धेरै बढी सिट मागेपछि समस्या भएको भनाई नेता शर्माको छ । पार्टी अहिले पनि गठबन्धनको पक्षमा रहेको र आवश्यक्ता अनुसार कांग्रेस, एकीकृत समाजवादी लगायत गठबन्धन दलका सरकारसँग छलफल भने चलिरहेको जानकारी नेता शर्माले गराउनुभयो ।