Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले बाँफिकोट गाउँ कमिटि सदस्य माओवादीमा प्रवेश
कांग्रेस छाडेर माओवादी प्रवेश गरेका बलबहादुर कामी ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २, का अनन्त विक नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले बाँफिकोट गाउँ कमिटि रुकुम पश्चिमका सदस्य विकले एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । एमालेका वडाका केही नेताहरुले पार्टीलाई अर्को पार्टीमा विलय गराएकोप्रति आपत्ति जनाउँदै उहाँले माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो । निर्वाचन जित्ने नाउँमा पार्टीको अस्तित्व नै नरहने गरी अरु पार्टीसित एमालेलाई मिलाएपछि आफूले विद्रोह गरेको उहाँको भनाई ।

विकलाई माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य मनबहादुर वादीले पार्टी प्रवेश गराउनु भएको हो । माओवादी केन्द्रका २ नम्बर वडाका उपाध्यक्ष हस्त गुरुङको सञ्चालन, वडा इन्चार्ज मैसर विसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । केही दिन अघि नेपाली कांग्रेस परित्याग गरी बलबहादुर कामीले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । बलबहादुर नेपाली कांग्रेसको क्रियाशिल सदस्यता त्यागेर माओवादीमा प्रवेश गर्नुभएको हो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update