Kakhara सबैको खबर सम्पूर्ण खबर
रोजगारी सिजर्ननामा माओवादीको जोड हुन्छ उम्मेदवार: केसी

वैदेशिक रोजगारीमा जाने युवाको लागी देशमै रोजगारीको सिर्जना गर्ने बाँफिकोट गाउँपालिका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसीले बताउनु भएको छ ।  । बेरोजगार युवा लाई कृषि पेशामा जोडी उत्पादन मुखी बनाउनु सरकार अग्रसर रहने उहाँले  बताउनुभयो । नेकपा माओवादी केन्द्रको भेटघाट तथा छलफल कार्यक्रम ९ नम्बरको झुलामा उहाँले यस्तो बताउनु भएको हो । उद्योग धन्दा खोली बेरोजगार युवाहरुलाई रोजगार दिन सक्ने वातावरण मिलाउन सरकार लाग्ने बताउनुभयो ।

अबको सरकारले जनताको चाहना अनुसार काम गर्ने साथै सडक सञ्जालले नछोएका बस्तीमा पहिलो प्राथमिकता सडकलाई दिने उहाँको भनाई छ । अघिल्लो सरकारले निर्माण गरेका योजनाहरुलाई स्तरोन्नति र अधुरा योजनाहरुलाई अबको सरकारले सम्पन्न गर्ने उहाँले बताउनुभयो ।  

समृद्ध बाँफिकोट निर्माण गर्नका लागि गाउँपालिका सरकार कटिबद्ध भएको उहाँको भनाई छ । चुनावको समयमा आफुहरुले जनता सामु गरेका धेरै प्रतिबद्धता पुरा गरेको दाबी उहाँले गर्नुभयो । नमुना बाँफिकोट बनाउन पार्टीले अब आउने गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई जिम्मा लगाएको उहाँको भनाई छ ।

यस्तै नेकपा माओवादीका केन्द्रीय सदस्य महेन्द्र केसीले बाँफिकोटलाई समृद्ध गाउँपालिका बनाउन पार्टी निरन्तर लागी रहेको बताउनुभयो । बाँफिकोट पर्यटनको ठुलो सम्भावना बोकेको पालिका भएको हुँदा पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने पार्टीको धारणा रहेको उहाँको भनाई थियो । त्यस्तै यहाँका कृषकलाई अनुदानको व्यवस्था गरी कृषिमा आत्मनिर्भर बनाउने पार्टीको योजना रहेको उहाँले सुनाउनुभयो । जनताले दिएको सल्लाह अनुसार पार्टी अगाडी बढ्ने उहाँको प्रतिबद्धता छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update