Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिकामा नेकपा माओवादी केन्द्रको चुनावी अभियान सुरु

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नेकपा माओवादी केन्द्रको चुनावी अभियान सुरु भएको छ । वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै माओवादी केन्द्रले सिस्ने गाउँपालिकामा जनभेटघाट तथा घरदैलो अभियान सुरु गरेको हो । सोहिअनुसार आज सिस्ने गाउँपालिका वडा नम्बर ५ को थाक्ना टोलमा जनभेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।  जनभेटघाटका क्रममा नेकपा माओवादी केन्द्रबाट सिस्ने गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कृष्ण रेग्मिले जनतालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।

माओवादी केन्द्र जनताको सुख दुःखमा साथ दिने पार्टी भएको नेता रेग्मिको भनाई छ । जनताले दिएको अमुल्य मतलाई सिरोपर राखेर पहिलो प्राथमिकता जनताको मागलाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता रेग्मिले जनाउनुभएको छ । रेग्मिले ५ बर्षको अन्तरालमा गाउँपालिकाले गरेका कामहरूलाई स्तरउन्नति गर्दै जाने र स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, संचारलाई पहिलो प्राथमिकता दिदै समृद्ध सिस्ने बानाउनतर्फ अघि बढ्ने बताउनुभयो ।

अघिल्लो सरकारले पुर्वाधारको काम गरेको बताउदै उहाँले अब आउने सरकारले उत्पादनलाई बिशेष जोड दिने बताउनुभयो । त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र ५ नम्बर वडाका उम्मेदवार प्रकाश कार्कीले आफू निर्वाचित भएपछि वडा सरकारबाट आउने कुनै सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । कार्कीले उक्त पैसालाई वडामा राहत कोष खडा गरेर कोषमा जम्मा गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण रेग्मि, उपाध्यक्षका उम्मेदवार आस्था बिक, पाटिका सिस्ने गाउँ समिति उपाध्यक्ष सान्तेबहादुर बिक, सरला थापा, ५ नम्बर वडा अध्यक्ष उम्मेदवार प्रकाश कार्की, वाईसीएल नेपाल रुकुम(पूर्व) का जिल्ला संयोजक तिलक रेउले भाष्कर, नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका समिति सदस्य मनबहादुर बुढाथोकी, केबेन्द्र गौतम, बिकास बिसि लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नेकपा माओवादी केन्द्रका सिस्ने गाउँपालिका वडा नम्बर ५ का वडा सचिव केशब थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update