Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी २ मा माओवादी केन्द्रकाे चुनावि अभियान सुरु 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम त्रिवेणी २ ले चुनावि अभियान सुरु गरेको छ । वैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनको लागि चुनावी अभियान तथा छलफलमा जुटेको माओवादी केन्द्र त्रिवेणी २ ले जनाएको छ । वडा नम्बर २ को बिमैचाबाट सुरु गरेको चुनावी अभियान तथा छलफल निरन्तर वडा नम्बर २ का सबै टोलमा गरिने वडा अध्यक्षका उम्मेदवार मोतीराम पुनले बताउनुभयो । 

माओवादी केन्द्र जनताको सुख दुःखमा साथ दिने पार्टी भएकाले वडा नम्बर २ बासिहरुले आफुहरुलाई बिजय बनाउनेमा ढुक्क रहेको बताउनुभयो । जनताको समस्या, गुनासा सुन्ने काम भैरहेको र निर्वाचित भएपछि सोही अनुसार काम गर्ने उहाँको भनाई छ । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार मोतिराम पुन, महिला सदस्य देबकुमारी बुढाथोकी, दलित महिला सदस्य रेनुका विक, खुला सदस्य भिमदत्त बुढाथोकी र भगवती कठाएत लगाएतको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update