नेकपा माओवादी केन्द्रले रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को बिताडाडामा चुनावि सभा गरेको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काको अध्यक्षतामा चुनावी सभा भएको हो ।
चुनावि सभामा बोल्दै गाउँपालिकाका अध्यक्षका उम्मेदवार गणेशकुमार केसीले आउदो स्थानीय तहको निर्वाचनमा माओवादीको नै जित हुने बताउनुभयो । जनताको हरेक समस्याको सहयात्री पार्टी माओवादी केन्द्र नै भएकाले जित माओवादी केन्द्रको हुने बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगारमा यसअघिको सरकारले पनि राम्रो काम गरेको र अब पनि शिक्षा स्वास्थ रोजगारलाई प्राथमिकता दिने अध्यक्षका उम्मेदवार केसीको भनाई थियो । चुनावी सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सदस्य मिनबहादुर ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य झक्कुप्रसाद घर्ती, निर्मला बिष्ट, गाउँपालिका उपाध्यक्षका उम्मेदवार राजकुमारी रेउले, वडाध्यक्षका उम्मेदवार भद्र शिर्पाली, जनवर्गीय संगठन प्रमुख तथा प्रतिनिधिहरु र हजारौं संख्यामा नेता कार्यकर्ता तथा सर्वसाधारण नागरिकहरुको उपस्थिति रहेको थियो ।
सभामा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति पनि देखाएका थिए । बाजागाजा सहित चुनावी सभाको सुरुवात गरिएको थियो । कार्यक्रमको संचालन माओवादी केन्द्र त्रिवेणी गाउँपालिका सचिव चन्द्रबहादुर खड्काले गर्नुभएको थियो ।