रुकुम पूर्वमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको भुमे गाउँपालिका–१, लुकुम नजिकै भएको दुर्घटनामा अटो चालक भुमे–१, लुकुमका १७ वर्षिय आशिष बिकको मृत्यु भएको हो । लुकुमबाट वडा नं. २ को खावाङ बगर तर्फ आउँदै गरेको रा १ ह ४०९९ नम्बरको अटो दुर्घटना हुँदा चालक बिकको घटना स्थलमै मृत्यु भएको हो । भने अन्य दुई जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा भूमे १, लुकुमकै १४ वर्षीया अञ्जली बिक र १५ वर्षीया एलिना बिक रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेश श्रेष्ठले जानकारी दिनुभयो । घाईतेलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुम पश्चिम पठाईएको डिएसपि श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अटो मध्यपहाडि लोकमार्गबाट अनियन्त्रित भएर सडकबाट झण्डै एक सय मिटर तल लुकुम खोलामा खसेको थियो ।