नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर १० मा चुनावी अभियान अन्तरगत घरदैलो अभियान जारी छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियान तथा छलफल जारी राखेको माओवादी केन्द्र बाँफिकोट १० ले जनाएको छ ।
सोही अनुसार आज वडा नम्वर १० को जारे, सेजे, नयाँ ठाँटीमा सुरु घरदैलो, भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको वडा नम्वर १० का वडा अध्यक्षका उम्मेदवार हरि चन्दले जानकारी दिनुभयो । जनताका समस्या, आवश्यकता र गुनासा सुन्ने काम भइरहेको र निर्वाचित भएपछि सोही अनुुसार काम गर्ने उहाँले बताउनुभयो । वडा अध्यक्षका उम्मेदवार चन्द, माओवादी केन्द्रका गाउँपालिका सदस्य तिलक खड्का, देउभान ओली, सौरव केसी लगायतको टोली घरदैलो अभियानमा खटिएको छ ।
२० गते वडाको गारावाङमा र २५ गते सोही वडाको पुरानो ठाँटीमा जनसभा हुने माओवादी केन्द्र बाँफिकोटले जनाएको छ ।