Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे गाउँपालिका नेपाली कांग्रेस उम्मेदवारविहीन

रुकुम पूर्वको भूमे गाउँपालिकामा नेपाली कांग्रेस उम्मेदवारविहीन भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा अब नेपाली कांग्रेसका उम्मेदवार छैनन् । कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका भिमबहादुर ओलीले आज उम्मेदवारी फिर्ता लिएसँगै गाउँपालिकामा कांग्रेस उम्मेदवारविहीन भएको हो । भूमेमा कांग्रेस एमाले मिलेर निर्वाचन लड्ने निर्णयका साथ अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

अध्यक्षमा कांग्रेसका ओली र उपाध्यक्षमा एमालेका कमानसिङ डाँगीले उम्मेदवारी दिएका थिए । अध्यक्षका उम्मेवदारले उम्मेदवारी फिर्ता लिएपछि अब गठबन्धनका तर्फबाट उपाध्यक्षमा मात्रै उम्मेदवारी छ । तर कांग्रेसको उम्मेदवारी अब गाउ“पालिकामा छैन । कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि अब माओवादी केन्द्रका होमप्रकाश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कमान पुन र मंगोल नेश्नल अर्गनाइजेशनका रतन पुनको मात्रै उम्मेदवारी छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update