सिस्ने गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रले घरदैलो तथा जन भेटघाट कार्यक्रमको शुरुआत गरेको छ । प्रत्येक घर घरमा जाने र सबैको कुरा गुनासा सुन्ने काम भैरहेको छ । विशेष गरी विद्युत खानेपानी टोल टोलमा सडक सन्जाल जोड्ने जस्ता मागहरू जनताले राखेका छन । आम जनताको गुनासा सुनेपछि सिस्ने ३ का माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार हेराम खडकाले आफू सरकारमा गए जनताको सर सल्लाह सुझाव र जन चाहाना अनुरुप कै आधारमा काम गर्ने बताउनु भएको छ ।
संधै आफुले निस्वार्थ रुपमा जनतालाई पटक पटक सेवा गरेको अध्यक्षका उम्मेदवार खड्काले बताउनु भएको छ । सिस्ने ३ मा प्रचुर सम्भावना छन र ती सबै कुराहरूलाई मिलाएर प्राकृतिक स्रोत र साधनको सहि सदुपयोग गरी सिस्ने ३ लाई नमुना वडा बनाउने अध्यक्ष उम्मेदवार खड्काले बताउनुभयो । आफुले कुनै पनि काम र विकासका कार्य गर्दा कसैलाई काखा र कसैलाई पाखा नगरी समान रुपले सेवा दिने पनि बताउनु भयो । आधारभुत आवश्यकता, समस्याहरु पहिचान गरी समाधान गर्ने उहाँको भनाई छ ।