नेकपा माओवादी केन्द्र त्रिवेणी रुकुम पश्चिमले जनभेटघाट तथा घरदैलो कार्यक्रम थालेको छ । वैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जनभेटघाट तथा घरदैलो कार्यक्रम गरेको माओवादी केन्द्र त्रिवेणीले जनाएको छ । विहिबार वडा नम्बर ६ को विताडाँडामा चुनावी सभा गरेको माओवादी केन्द्र त्रिवेणीले आज सोहि वडाको बाँठाकोटमा जभेटघाट तथा घरदैलो कार्यक्रम गरिरहेको छ ।
घरदैलो कार्यक्रममा जनताका समस्या सुन्ने जनतालाई तत्काल आवस्यक परेको मागलाई पहिलो प्राथमिकता राखेर निर्वाचित भएपछि काम गरिने गाउँपालिका अध्यक्षका उम्मेदवार गनेशकुमार केसीले बताउनुभयो । माओवादी केन्द्रले पहिले पनि जनताँंग प्रत्यक्ष जोडिएर काम गरेको र अवका दिनहरुमा पनि सोहि अनुुसार काम गर्ने उहाँको भनाई थियो । माओवादी केन्द्रको विपक्षमा रहेका केहि व्यत्तिले गलत प्रचार गरेपनि तेसको पछि नलागेर माओवादी केन्द्रलाई विजय गराउन अनुरोध गर्नुभएको छ । तेस्तै पालिका उपाध्यक्षकी उम्मेदवार राजकुमारी रेउले चुनावको बेला मात्रै नभएर निर्वाचित भैसकेपछि पनि जनताका समस्या गुनासा बारे यसरि नै जनता संग छलफल भैराख्ने बताउनुभयो ।
महिला दलित आवाज विहिनको आवाज उठाउने पार्टी नै नेकपा माअृोवादी केन्द्र भएकाले वडाको सम्पूर्ण टिम सहित आफहरुलाई विजयी बनाउन मतदातालाई आग्रह समेत गर्नुभएको छ । घरदैलो कार्यक्रममा वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार भद्रबहादुर सिर्पालि माओवादी केन्द्र त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशबहादुर खड्का सचिव चन्द्रबहादुर खड्का गाउँपालिका सचिवालय सदस्य नरसिङ पुन वडा नम्बर ८ का अध्यक्षका उम्मेदवार लक्ष्मन विक लगाएत मतदाता नेताकार्यकर्ता वाइसिएलको उपस्थिति रहेको थियो । जनभेटघाट तथा चुनावी अभियान निरन्तर चलिरहने माओवादी केन्द्र त्रिवेणीले जनाएको छ ।