Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिकामा गठबन्धनको चुनावी कार्यक्रम

रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ को पाखागाउमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजबादी गठबन्धनको चुनावी अभियान कार्यक्रम सम्पन्न भएको छ । आसन्न वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जनभेटघाट तथा गरदैलो अभियान सुरु गरिएको हो । बिहिवार सिस्ने गाउँपालिका वडा नम्बर ६ को पाखागाउ टोलमा जनभेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । आगामी बैशाख ३० मा स्थानीय चुनावमा रुकुम पुर्वमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजबादीको गठबन्धन भएको छ ।

सिस्ने गाउँपालिका ६ नम्बर वडामा अध्यक्ष सहित २ जना सदस्य माओवादी केन्द्रको भागमा परेको छ भने २ जना सदस्य एकीकृत समाजबादिको भागमा परेको छ । जनभेट्घाटका कार्यक्रममा स्थानीयले पाखागाउ टोलमा सरकारले अरु जति हुनुपर्ने हो त्यति बिकास हुन नसकेको बताएका छन । त्यस्तै सहभागीले सडक स्तोर उन्नति खानेपानी बिद्यालय लगाएतलाई अब आउने जनप्रतिनिधिले पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन । साथै बेरोजगार युवाहरुलाई मध्यनजर गर्दै रोजगारमा जोड्नुपर्ने सहभागीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण रेग्मिले सबै मतदातालाई ५ ठाउमा हसिया हतौडा र २ ठाउँमा कलम चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । त्यस्तै उहाले पाखागाउ टोललाई रिङरोडले जोड्ने र शिक्षा क्षेत्रमा भौतिक पुर्वाधार र शिक्षकको व्यवस्था गर्न पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो । उपाध्यक्षका उम्मेदवार आस्था बिकले जनताले दिएको सुझावलाई आत्मसात गर्दै निर्वाचित भएपछि त्यसै अनुसार अघि बढ्ने बताउनुभयो ।

त्यस्तै ६ नम्बर वडा अध्यक्षका उम्मेदवार रुपेन्द्र मल्लले पहिले अधुरा रहेका कामहरुलाई अघि बढाउनुका साथै पाखागाउमा रहेको बिद्यालयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै वडा सदस्यका उम्मेदवार मोहनबहादुर केसिले आफू बिजय भएपछि पहिलो प्राथमिकता पाखागाउलाई दिने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण रेग्मी ,उपाध्यक्ष उम्मेदवार आस्था बिक ६ नम्बर वडा अध्यक्षका उम्मेदवार रुपेन्द्र मल्ल एकीकृत समाजबादी बाट वडा सदस्य मोहनबहादुर केसि उपस्तिथि रहेको थियो ।

त्यस्तै कार्यक्रममा एकीकृत समाजबादिका जिल्ला सचीव भुबनेस्वर उपाध्याय वासिएल नेपाल रुकुम पुर्वका सयोज तिलक रेउले भाष्कर माओवादी केन्द्रका ६ नम्बर वडा ईन्चार्ज दिल्ली बहादिलुर चन्द ज्ञानु लगाएत स्थानीय बुद्धिजीवी शिक्षक महिला लगाएतको उपस्तिथि रहेको कार्यक्रमको सहजीकरण माओवादी केन्द्रका सिस्ने गाउँ समिती सचिवालय सदस्य सुधन रेग्मिले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update