Kakhara सबैको खबर सम्पूर्ण खबर
राडीबजारको निषेधाज्ञा हट्यो

दुई दिनदेखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको केन्द्र ९ नम्बर वडाको राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ । आज १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाइएको भनेर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ६ गते बेलुकी ५ बजेबाट चार किल्ला तोकि लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो । शान्ति भंग गरी हुलदंगा वा अशान्ति सिर्जना भएको भन्दै लगाइएको निषेधाज्ञा हटाइएको प्रजिअ गैह्रेले बताउनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र ६ (३क) बमोजिम उक्त निषेधाज्ञा लगाइएको थियो । पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी नदी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजे क्षेत्र तोकेर राडीबजारमा निषेधाज्ञा लगाइएको थियो । नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच ६ गते दिनभर राडीबजारमा झडप भएको थियो । उक्त झडप नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा लगाएपछि हालसम्मको अवस्था सामान्य रहेको भन्दै प्रशासनले निषेधाज्ञा हटाएको जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update