Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट नगरपालिकाको सार्वजनिक सुनुवाई

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सार्वजनिक सुनुवाई तथा पञ्च वर्षिय प्रगति सार्वजनिक गरेको छ । मुसिकोट नगरपालिकाको १४ वटै वडाको संयुक्त रुपमा सार्वजनिक सुनुवाई भएको हो  । मुसिकोट नगरपालिका वडा नम्बर ५ को सहिद स्मृति प्रतिष्ठानको सभाहल  सेरिगाउँमा उक्त कार्यक्रम भएको हो ।

सार्वजनिक सुनुवाई तथा पञ्च वर्षिय प्रगति कार्यक्रममा बोल्दै नगर प्रमुख देविलाल गौतमले मुसिकोट नगरपालिकामा आफु निर्वाचित भएर आएदेखि थुप्रै काम गरेको बताउभयो । शिक्षा स्वास्थ्य रोजगार सडक अन्य भौतिक संरचनामा नगरपालिकाले प्राथमिकताका साथ काम गरेको बताउनुभयो । ५ वर्षको अवधिमा नगरपालिकाले ८० प्रतिशत काम सम्पन्न गरिसकेको र केही विकास निर्माणका काम सम्पन्न हुने तयारिमा रहेको बताउनुभयो ।  

केही ठाउँहरुमा विकास निर्माण गर्दै गर्दा समस्या देखिएपनि समग्रमा मुुुसिकोट नगरपालिकाले सन्तोषजनक काम गरेको बताउनुभयो । नगरपालिकाको १४ वटै वडामा विकासले गति लिएको र विकासको आधार बनिसकेकाले अब आउने जनप्रतिनिधिलाई काम गर्न सहज हुने बताउनुभयो । नगरपालिका भित्र रहेका केहि अपुरा कामलाई नयाँ जनप्रतिनिधिले पूर्णता दिने पनि उहाँले बताउनुभयो । ५ वर्ष पहिलेको मुसिकोट नगरपालिका र अहिलेको मुसिकोट नगरपालिकामा कल्पना गर्न नसकिने विकासले धेरै गति लिसकेको बताउनुभयो ।

विकास निर्माणका काम मात्रै नगरेर नगरपालिकाले सामाजिक क्षेत्रमा पनि काम गरेको छ । मुसिकोट नगरपालिकाले छुवाछुत मुक्त नगरपालिका पनि घोषणा गरिसकेको बताउनुभयो । सार्वजनिक कार्यक्रममा १४ वटै वडा बाट वडावासिको सहभागिता रहेको थिथो । सहभागिहरुले मुसिकोट नगरपालिकाले गरेको  विकास प्रति सन्तुस्टि भएको र अपुरा विकास निर्माणका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।  सार्वजनिक सुनुवाई कार्यक्रम भएपनि कमै हुने भएकाले समय समयमा पालिकाका र वडाहरुको सार्वजनिक सुनुवाई गर्न पनि सहभागिले माग गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update