Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र बाँफिकोटको चुनावी छलफल कुनाखेत र जिपुमा

नेकपा माओवादी केन्द्र बाँफिकोट  रुकुम पश्चिमले भेटघाट तथा छलफल  अभियान आज २ नम्बर वडाको कुनाखेत र जिपु मा गरेको छ ।  बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागी माओवादी ले भेटघाट तथा छलफललाई तिव्र पारेको छ । जनाताको गुनासो हरुलाई पार्टीले सम्वोधन गर्दै जनता सामु सरकारले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाई जस्ता विकासका पूर्वाधारलाई  विशेष जोड दिदै  रोजगार मुलक कार्यक्रम  ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

अब आउने  सरकाले जनाताको सल्लाह अनुसार विकास निर्माणका काम गर्ने नेकपा माओवादी केन्द्र बाँफिकोटले जानकारी दिएको छ  ।  बर्षाको समयमा सानीभेरी नदिले कुनाखेत बस्तीलाई कटान गर्ने भएको हुँदा  तटबन्ध व्यवस्थापन गर्न कुनाखेत बासीले  माग गरेका थिए । त्यस्तै  खानेपानी  मर्मत ढल निकास लगायतका समस्या समाधान गर्न पार्टी समक्ष माग गरिएको थियो । भेटघाट को क्रममा जन निर्माण आधारभूत विद्यालयलाई घेरबार तथा शौचालय  व्यवस्थापन साथै चार कोठे पक्की भवन निर्माण गर्ने शिक्षक भिमबहादुर खत्रीले माग गर्नु भएको थियो । 

कुनाखेत बासीले गरेका गुनासो तथा मागहरुलाई गाउँपालिका सरकार सहज रुपमा स्वीकार गर्न  गाउँपालिका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसीले बताउनुभयो । आफ्नो कार्यकाल भित्र  कुनाखेत बस्ती गाउँपालिका अध्यक्षका उम्मेदवार केसीले प्रतिवद्धता गर्ने भयो । खानेपानी मर्मतको विषयमा असार महिना सम्म सम्पन्न गर्ने बताउनु भयो । साथै विद्यालय भवन निर्माण  निर्वाचन भएको पहिलो वर्ष भित्रै सम्पन्न  गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपा माओवादीका  केन्द्रका केन्द्रीय सदस्य महेन्द्र केसी, गाउँपालिका  उम्मेदवार अध्यक्ष  केसी, गाउँपालिका  उम्मेदवार उपाध्यक्ष  तारा बुढा केसी, शिक्षक संघ केन्द्रीय  सदस्य शेरबिर दाहाल, कर्णाली प्रदेश सदस्य मनबहादुर वादी वाइसिएल कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update