रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एक पालिका उपाध्यक्ष र ५ वडा अध्यक्षका उम्मेदवार सहित ५ जना महिला सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय खारानेटामा गएर उनिहरुले उम्मेदवारी फिर्ता लिएका हुन । एमालेबाट पालिका उपाध्यक्षमा बागि उम्मेदवार दिएका डिल्लिबहादुर ओली र नेपाली कांग्रेसबाट वडा नम्बर ८ को अध्यक्षमा उम्मेदवारी दिएका प्रेमबहादुर खड्काले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
त्यस्तै वडा नम्बर २ बाट नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका राजेन्द्र पुन, ५ नम्बर वडाका तुल्सिराम ओली, वडा सदस्य ओमप्रकाश ओली, वडा नम्बर ५ कै नेपाली कांगे्रसबाट महिला सदस्यकी उम्मेदवार व्युसना डाँगी, एमालेबाट वडा नम्बर ३ की दलित महिला सदस्यकी उम्मेदवार बिरमा वादी, महिला सदस्य दिपा केसी ओली र एमाले बाट १० नम्बर कि वडा सदस्य गणेशा ओली र वडा नम्बर ६ बाट २ स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार मकरबहादुर ओली र गंगा विकले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कृतिबहादुर बस्नेतले बताउनुभयो ।
निर्वाचन अधिकृत बस्नेतका अनुसार १ सय ३९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अब भने ११ जनाले उम्मेदवारी फिर्ता लिएपछि १ सय २८ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागिएकोे छ ।