Kakhara सबैको खबर सम्पूर्ण खबर
सामुदायिक विद्यालयका पक्कि भवन बन्छन्, टिनका छाना मुक्त गरिन्छः अध्यक्षका उम्मेदवार केसी
गणेशकुमार केसी ।

आफ्नो पाँच वर्षको कार्याकालमा सामुदायिक विद्यालयहरुमा टिनका छाना मुक्त गरेर पक्कि विद्यालय भवन निर्माण गरिसक्ने त्रिवेणी गाउँपालिका अध्यक्षका उम्मेदवार गनेशकुमार केसीले वताउनुभएको छ । वडा नम्बर १० को भानिपोलेमा चुनावी सभालाई सम्वोधन गदै उहाँले यस्तो बताउनुभएको हो ।

 १० नम्बर वडा अरु वडा  भन्दा कम सडक सञ्जाल भएकाले सडक क्षेत्रमा पनि प्राथमिकता दिइले उहाँको भनाई छ । निर्वाचित भएपछि  तन्काल भुम्के खण्डारा टोट्के जोड्ने सडक र भयारथान सालघारी बरानेटी भानिपोले जोड्ने  सडक निर्माणको काम गरिने उहाँले बताउनुभयो । १० नम्बर वडामा पहिलो स्थानीय तहको सरकारले लिफटिङ प्रविधि मार्फत खानेपानी पुर्र्याएको ठाउँमा थप व्यवस्थित गरिने बताउनुभयो ।

सोहि वडाको तल्लो भू–भागमा पनि एक घर एक धारा निर्माण गरिने बताउनुभयो  । जनताका हरेक समस्यामा साथ दिने र विकास निर्माण प्रति सधै अग्रसर हुने  एक मात्र पार्टी माओवादी केन्द्र भएकाले आफुहरुलाई विजयी बनाउन पालिका अध्यक्षका उम्मेदवार केसीले अनुरोध गर्नुभएको छ  ।  पालिका उपाध्यक्षकी उम्मेदवार राजकुमारी रेउले १० नम्बरमा शिक्षा क्षेत्रलार्ई जोड दिने बताउनुभयो ।

बालविकास भवनको निर्माण गर्ने वालबालिकाका लागि बालमैत्रि शौचालय निर्माण गर्ने वताउनुभयो । १० नम्बर वडाको तल्लो क्षेत्र रोजखेत लामपाटा गैरीखेत बैराबाङ कृषि योग्य जमिनलाई तरकारी तथा विउ उत्पादन क्षेत्र घोषणा गरि उत्पादनमा विशेष जोड दिने बताउनुभयो । पहिलो स्थानीय तहको सरकार पनि माओवादी केन्द्रले जितेको र वडा नम्बर १० मा राम्रो काम गरेकोले राम्रोको लागि पुनः पनि माओवादी केन्द्रलाई भोट दिएर जिताउन उपाध्यक्षकी उम्मेदवार रेउलेले मतदातालाई  अनुराध गर्नुभएको छ ।

माओवादी केन्द्र त्रिवेणीले  वैशाख ३० गते हुने  आसन्न स्तानीय तह निर्वाचनको लागि घरदैलो तथा चुनावी सभा निरन्तर गरिरहेको बताएको छ । कार्यक्रममा माओवादीका पार्टी अध्यक्ष गनेशबहादुर खड्काm सचिव चन्द्रबहादुर खड्का गाउँपालिका सचिवालय सदस्य नरसिङ पुन वडा नम्बर ८ का अध्यक्षका उम्मेदवार लक्ष्मन विक लगायत मतदाता नेताकार्यकर्ता वाइसियलको उपस्थिति रहेको थियो । जनभेटघाट तथा चुनावी अभियान निरन्तर चलिरहने माओवादी केन्द्र त्रिवेणीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update