नेपाल माओवादी केन्द्री बाँफिकोट रुकुम पश्चिम ले वडा स्तरिय जनसभा कार्यक्रम सुरु गरेको छ । शनिबार सम्म भेटघाट तथा छलफल कार्यक्रम बेस्त रहेको माओवादी आज वडा स्तरिय जनसभा जुटेको हो । आज १ नम्बर वडाबाट सुरु गरेको जनसभा बैशाख २५ गते १० नम्बर वडामा पुगेर सम्पन्न हुने माओवादी केन्द्र बाँफिकोट जानकारी दिएको छ । आउँदो बैशाख ३० हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जन सभा कार्यक्रमको आयोजना गरिएको हो ।
जनसभा मार्फत उठेका जनताको गुनासो र समस्या लाई सम्वोधन गर्दै पार्टी अगाडी बढ्ने माओवादी पार्टी बाँफिकोटले बताएको छ । माओवादी केन्द्र बाँफिकोटको सचिव हुर्क मल्लको अध्यक्षतामा रहेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महेन्द्र के सी, कर्णाली प्रदेश सदस्य कलबहादुर नाथ, पार्टी प्रदेश सदस्य इन्द्रिरा बिएम, गाउँपालिका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसी उपाध्यक्ष उम्मेदवार तारा बुढा केसी, वाइसिएल कार्यकर्ता लगायतका उपस्थिति रहेको छ।